‘भागरथी घटनालाई साँघुरो बनाइँदै छ’ : महानिरीक्षक सुवेदी

‘भागरथी घटनालाई साँघुरो बनाइँदै छ’ : महानिरीक्षक सुवेदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै सुवेदीले भागरथी ब’ला’त्कार तथा ह’त्या घ’टनामा प्रहरी निकै चनाखो भएर घ’टनालाई साँघुरो बनाउँदै अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी घ’टना निकै साँघुरो बनाउँदै ल्याएका छौँ, चाँडै ह’त्यारा पत्ता लाग्नेमा विस्वस्थ भएका छौँ ।” भागरथीका ह’त्या’रा तथा ब’ला’त्कारीको खोजी अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयसहितको टोली बैतडीमै खटिएको छ ।

उक्त घ’टनाका ह’त्यारा अहिलेसम्म पनि कोही पक्राउ नपरेको भन्दै डोटी जिल्लासहित समग्र सुदूरपश्चिममा दिनहुँ विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । भागरथी भट्टको हत्यारालाई चाँडो खोज गरी कारवाहीको माग गर्दै यहाँका सबै जिल्लामा प्रायः दैनिकजसो प्रदर्शन हुन थालेको छ । सहकर्मी विद्यार्थी साथीलाई ब’ला’त्कार गरी ह’त्या गरेको हप्ता दिनभन्दा बढी समय बितिसक्दासमेत ह’त्यारा तथा ब’ला’त्कारी पत्ता नलागेको भन्दै यहाँका विद्यार्थी आन्दोलनमा उत्रिन थालेको अनेरास्वयु डोटीका सहसंयोजक प्रकाश जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भागरथी बहिनीको ब’ला’त्कारपछि हत्या भएको आज हप्ता दिनभन्दा बढी भइसकेको छ, अहिलेसम्म प्रहरी प्रशासनले ह’त्या’रा त परै जाओस् सुराकसम्म पत्ता लगाउन नसकेका कारण हामी आन्दोलन गर्न बाध्य भएका छौँ, ह’त्या’रा चाँडो पत्ता लगाओस् ।”

प्रदेश प्रहरी प्रमुख सुवेदीका अनुसार भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ पठाइएको छ । बलात्कारपछि ह’त्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । घ’टनाको प्रकृति हेर्दा बलात्कारपछि ह’त्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको उहाँको भनाइ छ । स्वाब परीक्षणपछि रिपोर्टले थप अनुसन्धानका लागि सहज हुने प्रहरीले अपेक्षा लिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि बढी निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

यसका साथै तालीम प्राप्त कुकुरले भागरथीको ह’त्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको तर कुकुरले खासै ठोस प्रमाण भने भेटाउन सकेको थिएन । उनले प्रयोग गरिरहेको मोबाइलबाट पनि केही कुरा पत्ता लाग्ने प्रहरीको अनुमान छ । भागरथी भट्टको ह’त्यामा संलग्न दो’षीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न राष्ट्रिय मानव अधिकार आयोग, यहाँका विभिन्न सङ्घसंस्था, नागरिक समाजले सरकारसँग माग गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै उक्त घ’टनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पी’डित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेको छ ।

न्याय माग गर्दै दिनहुँ प्रदर्शन

कैलाली– एक साताअघि ब’ला’त्कारपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि धनगढीमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।

बलात्कार जघन्य अ’प’राध हो, भागरथीलाई न्याय देऊ, भागरथी कसैकी छोरी वा बहिनी हुन्, लगायत विभिन्न नारासहित धनगढीको ऐश्वर्य विद्या निकेतन कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राले आज धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।

ऐश्वर्य विद्या निकेतन कक्षा ११ की छात्रा पियन्सा भट्टले ह’त्यारालाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै यसरी प्रदर्शन गर्न सडकमा आउन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दिनप्रति दिन ब’ला’त्कार जस्ता जघन्य अपराधका घ’टना बढिरहेका छन्, पढ्नका लागि विद्यार्थीलाई विद्यालय नै जान डर पैदा भइसक्यो, सामान्य पसलमा जान पनि डर भइसक्यो कहीँकतै कोही आएर केही गरी पो हाल्छ कि भन्ने मनमा एक किसिमको असुरक्षित भएको महशुस पैदा भएको छ ।”

सोही विद्यालयकी अर्की छात्रा कविता कँडेलले घटना भएको एक साताभन्दा बढी भइसक्दा पनि ह’त्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “यो घटना पनि कहीँकतै कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो त हुने होइन ?”

“छोरीबेटीले कहिलेसम्म यसरी असुरक्षित भएर बस्नुपर्ने”, छात्रा कँडेलले भन्नुभयो, “सरकारले बैतडीकी भागरथीको हत्यारालाई चाँडै पत्ता लगाई क’डाभन्दा कडा सजाय दिनुपर्छ ।” कक्षा ११ मा अध्ययनरत छात्र विवेक पनेरुले सरकार हाम्रो अभिभावक भएकाले सरकारले हामीलाई हेर्नुपर्ने बताउनुभयो । पनेरुले भन्नुभयो, “पार्टी अथवा कुनै सङ्घसस्थाका प्रदर्शनका कार्यक्रम हुँदा सारा जनता सकडमा उत्रिन्छन्, प्रदर्शन गर्दछन्, तर बलात्कार जस्ता घटना घट्दा यसप्रति कसैको पनि ध्यान गएन ।”

उहाँले ब’ला’त्कारका ह’त्यारा पत्ता लगाउन सरकारको मात्र सम्पूर्ण भूमिका नभई जनताको पनि यसमा सहयोगको खाँचो रहेको विचार व्यक्त गर्नुभयो । त्यसैगरी बैतडीकी भागरथीको ह’त्या’रालाई चाँडोभन्दा चाँडो पत्ता लगाई दो’षीलाई कारवाहीको माग गर्दै धनगढीको त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीले पनि बुधबार धनगढीमा प्रदर्शन गरेको थिए ।

उनीहरुले बलात्कारका घटनाका दोशीलाई पत्ता लगाई फाँ’सीको स’जाय हुनुपर्ने भन्दै प्रदर्शनमा नारा जुलुस गरेका थिए । धनगढीकै सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीले पनि केही दिनअघि प्रदर्शन गरेको थियो भने नगर बाल सञ्जाल धनगढीले पनि दैनिकजसो प्रदर्शन गरिरहेको छ ।

त्यस्तै भट्टको ह’त्या प्र’करणका दो’षीलाई का’र’वाहीको माग गर्दै मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महिला अधिकारकर्मीले ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए । (तस्वीर छ)