काठमाडौं, ३० माघ। पछिल्लो समय आइपिओमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखिन्छ । जुन संस्थाको आइपिओ खुले पनि लगानीकर्ताको भिड लागेको देखिन्छ । यस्तै आज शुक्रबारदेखि महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ पनि बिक्री खुल्ला भएको छ।
अंकित मूल्य १ सयका दरले कुल ४ लाख कित्ता सर्वसाधारण समूहको सेयर बिक्री हुन लागेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो।
छिटोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ। सिडिएससीको मेरो सेयर तथा आफ्नो खाता भएको बैंक शाखाबाट आइपिओमा आवेदन दिन सकिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको प्रधान कार्यालय बनेपामा छ।
प्रतिक्रिया