निर्फाको सेयर आइतबारदेखि दोस्रो बजारमा, तोकियो यति धेरै मूल्य

निर्फाको सेयर आइतबारदेखि दोस्रो बजारमा, तोकियो यति धेरै मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । नेपालको इतिहासमै धेरै मात्रामा प्रथामिक सेयर (आइपीयो) निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ। योसँगै आइतबारदेखि बैंकको २० करोड कित्ता सेयर दोस्रो बजारमा आउने छ ।

नेप्सेले बिहिबार बैंकको सेयर आइतबारदेखि कारोबारमा आउनेगरी सूचीकरण भएको जनाएकोे छ। नेप्सेले एनआइएफआरए ( NIFRA) कारोबार संकेत प्रदान गरेको छ। यस्तै कारोबारको लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ८६ पैसाको कारोबार रेञ्ज प्रदान गरिएको छ।