प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गर्नुभयो । यस सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्र्ने धारणासमेत उहाँले राख्नुभयो ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गर्नुभयो । -रासस