राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक÷एक गोल गर्नुभयो । मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको मात्र अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गर्नुभयो ।
मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पु¥याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोल अन्तरले विजयी दिलाउनुभयो । पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । -रासस
प्रतिक्रिया