भट्ट ह’त्याका दो’षीलाई अबिलम्ब का’रवाही गर्न महिला आयोगको माग

भट्ट ह’त्याका दो’षीलाई अबिलम्ब का’रवाही गर्न महिला आयोगको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३० माघ । राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको ह’त्याको घ’टनामा सत्यतथ्य छानबीन गरी दो’षीलाई का’रवाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पी’डितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अ’पराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताउनुभयो । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग ग’म्भीर छलफल भएको उहाँले बताउनुभयो । घ’टनाबारे बुझ्नका लागि नै टोली पठाइएको उहाँको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ ।”

आयोगकी सदस्य खतिवडाले आपूm घ’टनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पी’डक कानूनको दायरामा आउने उहाँको विश्वास व्यक्त गर्नुभयो । पी’डितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बिक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पी’डित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरसँग अपिल गरेको छ । -रासस