पोखरामा जंगलको बिचमा भेटियो ५ दिनदेखि हराइरहेकी ८६ वर्षीय बृद्धाको श’व (हेर्नुहोस भिडियो सहित )

पोखरामा जंगलको बिचमा भेटियो ५ दिनदेखि हराइरहेकी ८६ वर्षीय बृद्धाको श’व (हेर्नुहोस भिडियो सहित )

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ फागुन । ५ दिन देखि हराएकी ८६ वर्षकि बृद्धा आमालाई खोज्दै जादा सुरुमा घर भन्दा केही माथी खोल्सामा चपल भेटिएको थियो । भदौरेतामागी घर भएकी रनसुभा गुरुङ आफ्नै छोरीको घर पोखरा महानगरपालिका वार्ड न २३ मार्गी भन्ने स्थानमा आफ्नै छोरीको घरमा केहि दिन बस्नको लागि आएकी थिइन्। अचानक ८६ वर्षकी आमा घर भन्दा मुनि छिमेकीको घरमा गएकी थिइन्। स्थानिएका अनुसार बेसार काटेर बस्दै गरेकी आमा एका एक त्यो ठाउँबाट हराउन पुगिन। आमा हराएपछि एकैछिन तल माथि घरमा खोज्न सुरु गरियो ,तर भेटाउन भने सकिएन।

सबै जना मोटरबाटो तर्फ खोज्न लाग्नुभयो। अब बुढी मान्छे पक्कै पनि टाढा जानु भएको छैन होला यतै ओरीपरी हुनुहुन्छ होला भन्ने अनुमानका साथ् एकैछिन खोजियो। एक घण्टा जति खोज्दा पनि नभेटिएपछि स्थानिएले नजिकै रहेको प्रहरीलाई खबर गरे। खबर पाउन साथ् स्थानी र नजिकैको प्रहरी छौकिका प्रहरीको सहयोगमा खोज्न थालियो तर त्यो पहिलो दिन उहालाई भेटाउन भने सकिएन।

आमा हराएपछि चिन्तित बनेका उनका आफन्तले पोखराको बैदाममा रहेको प्रहरी कार्यलयमा खोज तलास गरी पाउ भनेर निबेदन पनि दिए। निबेदन पाउनसाथ प्रहरीले पनि अनुसन्धान सुरु गर्यो। अर्को तिर गाउले हरु मिलेर ३०० जनाको संख्यामा घर भन्दा माथि जंगलमा खोज्न सुरु गरे। खोज्दैजादा घर भन्दा एक घण्टा माथि जंगलमा उनको चप्पल भेटियो। चप्पल भेतिएपछि अब मान्छे पनि भेटिने आशामा गाउलेले चारै दिशामा खोज्न सुरु गरे।

चापल भेटियो तर मान्छे भने भेटाउन सकिएन। बिस्तारै खोज्दै जाने क्रममा उनको पछेउरॆ पनि भेटियो। अब चप्पल र कपडा भेटिएपछि मान्छे नि भेतिएला भन्ने आशा सबैलाई लाग्न थाल्यो। प्रहरीले र पनि तालिम प्राप्त कुकुर लिएर खोज्न सुरु गर्यो। तालिम प्राप्त कुकुरले धेरै कोसिस गरेपनि त्यो कोसिस सफल हुन् सकेन र सबै मानिसहरु निरास हुदै घर फर्कनू बैक कुनै बिकल्प नै रहेन। त्यो दिन पनि यतिकै गयो आमालाई भेटाउन सकिएन।

आमालाई भेटाउन नसकेपछि चिन्तित बनेका उनका छोरा त्यो रात निधाउन सकेनन। यस्तै उनका छोराका अनुसार एकैछिन निधाउदा उनले एउटा सपना देखे। सपनामा आमाले बाबु म खोल्सामा छु पानि पिउन पनि पाएको छैन भोकै भए मेरो राजा भनेको सपना देखेका रहेछन। आमालाई सपनामा त्यस्तो देखेपछि छोरा निधाउने कुरा नै भएन। त्यो रात रुदै आमालाई सम्झदै उनको रात बित्यो।

बिहानको सुर्योदय हुनसाथ उनले आफ्नो परिवारलाई मैले यस्तो सपना देखे भनेपछि सबै जना आमालाई पुजा गरेर त्यो कपडा भेटिएको ठाउँमा खाना पानी चडाउने भन्दै सलाह गरे। त्यसपछि सबै गाउले आफन्तहरु एक जुट हुदै खोज्न तर्फ लागे। उनीहरुको दुख पिडा हाम्रो पनि त त्यस्तै होनी। पत्रकार हो खोज्न किन जानु जे होला होला भनेर टार्न पनि हाम्रो मनले कहाँ मान्छ र हजुर ? हामी पनि बिहानै आमाको खोजीको लागि उनको घरमा पुग्यौ र संगै खोज्न तर्फ लाग्यौ।

हिजोको कुरा हो खोज्न तर्फ सबै लाग्यौ। आमालाई भेटाउने आशाका साथ् हाम्रो टोली र सबै मिडियाको टोली कपडा भेटिएको स्थान तर्फ हिड्यौ। करिब करिब २ घण्टा पैदल यात्रा जंगलको बाटो माथि पुगेपछि हामी कपडा भएको ठाउँमा पुग्यौ। त्यहा उहाका परिवारले सपनामा आमाले मागेका कुरा सबै चदाउनु भएको रहेछ।

त्यही क्रममा एकजना स्थानी दिदीले पोखरा कै एकजना ज्योतिसलाई फोन गर्नु भयो। दाई आमा भेटिनुभएन के गर्ने होला ?ज्योतिसले उनलाई सबै कुरा भने अब सास नभेतिएपनि लास भेटिन्छ भनेर ज्योतिसको भनाईलाई साथ् दिदै एक टोली खोज्न लाग्यो। अर्को टोली अर्को तिर लागेको थियो। दिउसोको ४ बजे खोज्दै जाने क्रममा आमाको श-व खोल्सामा भेटियो। हेर्दा न’ग्न अवस्थामा देखिने श-व खोल्सामा अड्किएको अवस्थामा थियो। स्थानिएर आफन्तले माथि बाट खसेको हुन् पर्ने अर्काल लगाए। बिस्तारै प्रहरॆआई पनि खबर भयो र बैजाम प्रहरी बाट प्रहरीको टोलीले मुचुल्का गर्न लाग्यो। यसरी नै ५ दिनको दिनमा जंगलको बिचमा आमाको श’व भेटियो।

अरु पुरा भिडियोमा हेर्नुहोस कसरी खोज्न लागियो ?कहा भेटियो ?कस्तो अवस्थामा भेटियो र के थियो खस रहस्य सबै अन्तिम सम्म हेर्नुहोस-