रुकुम, १ फागुन । रुकुम पश्चिमको चौरहजहारी नगरपालिकाले जनयुद्व दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ।
दिवसलाई भव्य रुपमा मनाउन २ दिन सार्वजनिक विदा दिईएको नगरपालिकाको कार्यालयले जनाएको छ।
माघ २९ गते बसेको नगर कार्यपालिकाको वैठकले फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। जनयुद्व दिवसको अवसरमा फागुन १ र २ गते विदा दिने निर्णय रुकुम पश्चिमको जिल्ला सभाले नै गरेको थियो।
प्रतिक्रिया