लेटाङ अपडेट : २ ओटा श्रीमानसंगै श्रीमती राखेर वडाध्यक्षले थर्काए दुबै पक्षलाई, भनाभन गर्दा गर्दै एक्कासी माहोल यस्तो भयो (भिडियो सहित)

लेटाङ अपडेट : २ ओटा श्रीमानसंगै श्रीमती राखेर वडाध्यक्षले थर्काए दुबै पक्षलाई, भनाभन गर्दा गर्दै एक्कासी माहोल यस्तो भयो (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरंग, १ फाग । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका छन् ।दुबईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यतिबेला न्याय खोजिरहेका हुन् । श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिरहेका छन् ।

लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पीडा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे । यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए ।हिमालकी दिदी निता राईले भाई सोझो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले श्रीमती खोज्दै उनि मोरंगको लेटाङ्ग श्रीमतीको घर पुगेका छन् ।