‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ पुस्तक विमोचन

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ पुस्तक विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हीरक आरोहणमा तीर्थराज न्यौपाने नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच विमोचन गर्नुभएको हो ।

हिमालय खबर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रवेश गर्नुभएको अवसरमा पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा न्यौपानेका बारेमा ४० जना लेखकले लेखेका लेख समावेश गरिएको छ । एक सय ३६ पृष्ठको सो पुस्तकमा न्यौपानेको बल्यकालदेखि अहिलेसम्मको जीवनी समेटिएको छ । जीवनको लामो समय स्काउटमा बिताउनुभएका न्यौपानेको जीवन सङ्घर्ष र स्काउट सेवाका विषयमा अन्तरराष्ट्रिय व्यक्तिले गरेको बयानसमेत पुस्तकमा समावेश गरिएको छ ।

जीवन परक रहेको सो पुस्तकको विमोचन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी भट्टराईले विश्व परिवेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्काउटमा लागेर समाज परिवर्तनमा लाग्नुभएका न्यौपानेको जीवनीले समाज परिवर्तमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

स्काउटका माध्यमबाट समाजमा न्यौपानेले खेल्नुभएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद जग्गनाथ पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, शिक्षाविद् रमाकान्त सापकोटा, पुस्तकका सम्पादक केदारनाथ खनाल, साहित्यकार गोविन्दराज विनोदी, परिवारका तर्फबाट भीष्मराज न्यौपानेलगायतले उहाँको विषयमा बोल्नुभएको थियो ।

हिमालय खबर अनलाइन पत्रिकाका सम्पादक विजय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्काउटमा ५० वर्ष बिताउनुभएका न्यौपनेको जीवन त्याग र समर्पणमा बितेको बताइएको थियो ।