संसद विघटन : रिट निवेदक तर्फका वकिलको जवाफी बहस आजबाट सुरु

संसद विघटन : रिट निवेदक तर्फका वकिलको जवाफी बहस आजबाट सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुले आजबाट जवाफी बहस सुरु गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् ।

उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती सबै रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।