चितवन, २ फागुन । एपिएफ क्लबका दिपेश धामीले चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि उचाल्न सफल भएका छन् । निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा दिपेशले २१-१९, २२-२० को ले प्रिन्स दाहालाई पराजित गर्दै उपाधि उचालेका हुन् ।
दिपेशले हालै सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा भएको हारमा मल्हम लगाएका छन् । उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाइनलमा पराजित भएका थिए ।
त्यस्तै, महिला एकलको उपाधि जेशिका गुरुङ्गले उचालेकी छिन् । प्रतियोगिमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै उपाधी उचालेकी हुन् । जेशिकाले जित निकाल्ने क्रममा २१-१८, १७-२१ र २१-१७ ले रशिलालाई पराजित गरिन्।
महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीहरुले नगद १ लाख १५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गरे।
राष्ट्रिय २० वरीयता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी विजयी भयो।
फाइनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१।११, २१।१५ ले पराजित गर्दै आफ्नो साख जोगाए ।
प्रतिक्रिया