काठमाडौं, २ फागुन । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको ब’ला’त्कारपछि ह’त्या गरिएकाले ह’त्या’रालाई प’क्राउ गरी का’र’वाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि ¥याली तथा कोणसभा गरेको हो ।
कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको ह’त्या’रालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताउनुभयो । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
भट्टलगायत आजसम्म ब’ला’त्कार र ह’त्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो । पद्ममकन्या क्याम्पसबाट शुरु भएको विरोध ¥याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो । -रासस
प्रतिक्रिया