निफ्राको १० प्रतिशतले बढे समग्रमा ३३ अंकले घट्यो आजको सेयर बजार

निफ्राको १० प्रतिशतले बढे समग्रमा ३३ अंकले घट्यो आजको सेयर बजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सेयर बजारको परिसूचक नेप्से आइतबार ३३ अंकको गिरावटपछि परिसूचक २४९३ अंकमा झरेको छ । यस दिन सबै समूहहरु घटेका छन् । आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूह २३३ अंकले घटेका छन् ।

समग्र बजार घट्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य भने १० प्रतिशतले बढेको छ । कम्पनीको मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको हो । पहिलो कारोबार ३४० रुपैयाँमा भएको थियो । बैंकको आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

कर्णाली विकास बैंकको मूल्य ७.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९१ रुपैयाँ पुगेको छ। त्यस्तै नेको इन्स्योरेन्सको मूल्य ७.४ प्रतिशतले बढेर १६९९ रुपैयाँ पुगेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले घटेको छ । कम्पनीको मूल्य प्रतिकित्ता १९१९ रुपैयाँ कायम भएको छ । त्यस्तै स्वाभिमान लघुवित्तको मूल्य ९.१ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल बैंकको ३६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । नेपाल टेलिकमको २३ करोड १२ लाखको कारोबार भएको छ ।