दोषीलाई कानूनी दायरामा ल्याउन आयोगका अध्यक्ष मगरको आग्रह

दोषीलाई कानूनी दायरामा ल्याउन आयोगका अध्यक्ष मगरको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा ब’ला’त्कारपछि ह’त्या गरिएकी भागरथी भट्टको ह’त्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दो’षीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ । आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उहाँले सो आग्रह गर्नुभएको हो ।

अध्यक्ष मगरले न्यायका लागि अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था ग’म्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गर्नुभयो । भट्टको ह’त्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दो’षीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ । अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था ग’म्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ । -रासस