काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृ’द’य’घा’त भएको छ । उनलाई आइतबार बेलुकी हृदयघात भएको हो
शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । उनको आइतबार राति करिब १२ बजेतिर अपरेशन गरिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै कांग्रेस नेता मनोजमणि आचार्यले बताए ।
आइतबार बेलुकी ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो। ‘अपरेशनपछि आज बिहान ३ बजे उनलाई वार्डमा सारिएको छ,’ उनले भने, ‘चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ खतरामुक्त रहेको जानकारी दिनुभएको छ ।’
शाही पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा कांग्रेसको संगठन विस्तारका काममा सक्रिय थिए ।
प्रतिक्रिया