प्रदेश १ सरकारको वार्षिकोत्सव : कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार, कांग्रेस पनि सहभागी भएन

प्रदेश १ सरकारको वार्षिकोत्सव : कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार, कांग्रेस पनि सहभागी भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ फागुन । प्रदेश १ को तेस्रो वार्षिकोत्सवलाई प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ ।

वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य ठानेनौं ।’

वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताए ।

संसद् छल्दै हिँडेका कारण पार्टीकोतर्फबाट सहभागिता नभएको उनको भनाइ छ । ‘खबर आएको थियो तर जान आवश्यक ठानेनौं,’ उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ ।’

यद्यपी कांग्रेसबाट सांसद विन्दिया कार्की सहभागी भएकी छन् ।