स्पेनिस ला लिगा : रियल म्याड्रिड दोस्रो, बार्सिलोनाको तेस्रो स्थान

स्पेनिस ला लिगा : रियल म्याड्रिड दोस्रो, बार्सिलोनाको तेस्रो स्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, ३ फागुन । भ्यालेन्सियलाई २-० गोलले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियलाई पराजित गर्दै दोस्रो स्थानमा आफ्नो ठाउँ सुरक्षित राखेको हो ।

रियलको जितमा करिम बेन्जिमाले खेलको १२ मिनेटमा पहिलो गोल गरे। उनलाई गोल गर्न टोनी क्रुसले पास दिए । क्रुसले नै ४२ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले भाज्क्युले उपलब्ध गराएको पासमा गोल गरे।

जितपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको रियलले २३ खेलबाट ४९ अंक जोडेको छ । तेस्रो स्थानको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ। त्यस्तै, शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले २१ खेलबाट ५४ अंक बटुलेको छ ।