बाल आश्रममा बोके दार्हीले गरे ६० हजार बराबरको सामग्री हस्तान्तरण (भिडियो सहित)

बाल आश्रममा बोके दार्हीले गरे ६० हजार बराबरको सामग्री हस्तान्तरण (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईटहरी, ३ फागुन । पुर्वका सम्राट उपनामले लोकप्रिय भएका श्रीकृष्ण लुइँटेल ‘बोके दार्ही’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । ईटहरीमा अवस्थित नि:शहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन् । प्रवाशी नेपालिहरुको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आश्मा पराजुलीले बताईन ।

आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवस्यक सामग्रीहरु बितरण गरिएको हो । उल्टो साईकल यात्री बिरेश प्रतिष्ठान तथा स्कोलोष्टिक फाउन्डेसन नेपालले प्रवासमा सहयोग संकलन कार्यमा संयोजन गरेका थिए भने नेपालमा आश्मासंगै नैनाले संयोजकत्व गरेका थिए ।

प्रवासबाट उठेको ६० हजार २ सय २८ रकमबाट आवस्यक सामग्री किनमेल गरेर बितरण तथा बाकी रहेको रकम आश्रमकी संचालिका गीता गौतमलाई लुइँटेलको हातबाट हस्तान्तरण गरिएको हो । लुइँटेलका फ्यानहरु रहेका साना नानिहरुसंग उनी रमाए भने उनले आफ्नो चर्चित गीत तेरो बाउ थोते, ए बा किन्देउन भटभटे र ओके छ त गीत गाएर सुनाउदा सबैजना संगसंगै गाउदै रमाईरहेका थिए ।

पुर्वमै रहेर कलाकारिता तथा कमेडी गायकिमा राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेका उनले नया गीत सार्बजनिक गर्ने तयारी गरेका छन् । सुनसरीको इटहरी-४, सयपत्री टोलमा रहेको निसहाय बालबालिका सेवा आश्रम अनाथ र असहाय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले ०४१ सालमा आफ्नै प्रयास र लगानीमा आश्रम सञ्चालनमा ल्याएकी थिइन् । हाल आश्रममा ४५ जना बालबालिकाहरू रहेका छन् ।