आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । विभागमा कार्यरत नायव सुब्बा (नासु) नरेन्द्र चन्दस र लेखापढी व्यवसायी रामबाबु दाहाल ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनीहरुले शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइरहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।