नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताउनुभएको छ ।
इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको हो भन्नुभयो ।
उहाँले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताउनुभयो । उहाँले तोकिएकै समय चुनाब हुने बताउनुभयो । संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया