सर्वोच्च अदालत र न्यायमूर्तीलाई सलाम छ: प्रदीप पौडेल

सर्वोच्च अदालत र न्यायमूर्तीलाई सलाम छ: प्रदीप पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन। प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् ।

यही निर्णय आएसँगै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि नेपालमा अदालतमाथिको विश्वास थप बढेको बताएका छन् ।
असंबैधानिक कदमको बिरुद्धमा र संसद पुनस्थापनाको पक्षमा पार्टीभित्र आक्रामक रुपमा प्रस्तुत भएका प्रदीप पौडेलले यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताएका हुन् ।

‘देशको संविधान थप समृद्ध भएको छ,’ ‘यसले अहंकार बोकेको शासकलाई संविधानको पाठ पढाएको छ ।’
यो फैसला आएसँगै पौडेलले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताएका छन् ।

‘अब भविष्यमा पनि शासकहरु निरंकुश बन्नेतिर जाने आँट गर्ने छैनन्,’ पौडेलले भने, ‘सर्वोच्च अदालत र न्यायमूर्तिलाई सलाम छ ।’