ऐलानी जग्गामा बस्दै आएका राजवंशीका गुनासा

ऐलानी जग्गामा बस्दै आएका राजवंशीका गुनासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीका परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन्।

लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई वडाध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की समेतले सो घर खाली गर्न बारम्बार धम्काएको आरोप राजवंशीले लगाएका छन् । पुस्तौँदेखि सो ठाउँमा बसेर मजदूरी गर्दै आएका कालीचरण राजवंशीले आफूसँग ऐलानी जग्गा र घर बाहेक अन्य कुनै सम्पति नरहेको बताउनुभयो । उहाँले परिवारलाई लिएर कहाँ जानु भन्दै दुःख व्यक्त गर्नुभयो ।