विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नगरप्रमुख नृपबहादुर वडले लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टस धनगढीको आयोजनामा हुने विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणको ट्रफी सार्वजनिक गर्नुभएको हो ।

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ विद्यालयस्तरीय यू– १९ राष्ट्रिय प्रतियोगिता क्रिकेट २०७७ को शुक्रबार धनगढीमा आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड । शनिबारबाट सुरु हुने प्रतियोगिताको विजेताले नगद रु एक लाख विस हजार र उपविजेताले रु साठी हजार प्राप्त गर्ने छन् । तस्वीर ः तिलकराज ओझा, रासस

सो अवसरमा उहाँले क्रिकेट खेलको विकास, विस्तार र खेलप्रति जनचेतना बढाउन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले देशभरीका विद्यालयको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको बताउनुभयो ।

प्रतियोगिताबाट विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट खेलाडी बाहिर आइरहेका र आफ्नो क्षमतालाई विकास गर्न सक्षम भइरहेकाले यो प्रतियोगिता गरिराख्न हौसला मिलेको उहाँको भनाइ छ । देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । विगत वर्षदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा फागुन १५ देखि २९ गतेसम्म सञ्चालन हुने बताइएको छ । रासस