अज्ञात रोगका कारण दुई वडा प्रभावित

अज्ञात रोगका कारण दुई वडा प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताउनुभयो । उहाँका अनुसार प्राय ः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।

रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आपूmसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताउनुभयो । उहाँले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गर्नुभयो ।रासस