सिर्जना सुब्बा र बुद्धी तामाङ अभिनित नेपालि मौलिक कथानाक चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै निधारैमा ‘ गीत सार्वजनिक (भिडियो )सहित

सिर्जना सुब्बा र बुद्धी तामाङ अभिनित नेपालि मौलिक कथानाक चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै निधारैमा ‘ गीत सार्वजनिक (भिडियो )सहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,। सिर्जना सुब्बा र बुद्धी तामाङ अभिनित नेपालि मौलिक कथानाक चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै निधारैमा ‘ गीत सार्वजनिक भएको छ ।

कलाकारहरु बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकुको अभिनय रहेको चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

गायक कुशल थलङले स्वर भरेको गीतमा लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीत रहेको छ । छायांकन युवराज राइले गरेका छन् भने गीतको कोरियोग्राफी दिनेश माङमुले गरेका छन् ।

रोमियो फिल्मस् प्रा.लिको ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । मौसम लिम्बु (फुलन्देको बाउ ) ले निर्देशन गरेको यस फिल्मको कथा भने उपेन्द्र सुब्बाले लेखेका हुन् ।

यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

३१ औँ बैबाहिक बार्षिक उत्सब संगै रोमियो फिल्मस् प्रा.लि को अफिस पनि अनामनगरमा उद्घाटन भएको छ ।

(भिडियो )