अर्बुदरोग पीडितलाई रु १८ लाख उपचार खर्च

अर्बुदरोग पीडितलाई रु १८ लाख उपचार खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्बुदरोग (क्यान्सर) बाट पीडित बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दुर्गा सुवेदीलाई विभिन्न सङ्घसंस्थाले रु २० लाख उपचार खर्च सहयोग गरेका छन् । प्रवासमा गठन भएका बिभिन्न सङ्घ संस्थाले सुवेदी बचाऊ अभियान सञ्चालन गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

प्रवासमा रहेका नागरिकको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापानलगायत संस्थाले अभियानमा ऐक्यबद्धता जनाउदैँ सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब रु १८ लाख ४० हजार ८०१ सङ्कलन भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । उक्त रकम गलकोट नगरपालिका–४ मा अवस्थित निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरी सहयोग रकम पठाएलगत्तै शुक्रबार क्यान्सरपीडित दुर्गा सुवेदीलाई हस्तान्तरण गरिएको छ ।