सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध सङघीय लिम्बुवान मञ्च पाँचथरको चौथो अधिवेशनले चन्द्रराज आङदेम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
आज सम्पन्न अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष आङदेम्बेलाई नयाँ अध्यक्ष चयन गरेको हो । कार्यसमितिका उपाध्यक्षमा जितेन चेम्जोङ, योगेन्द्र राई, हंशराज लिङदेन, निशा लोवा, भीमप्रसाद नेम्वाङ र भानुभक्त फियाक निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा डिल्ली लावती र सुवास केरुङ तथा अर्थसचिवमा प्रकाश अधिकारी चयन हुनुभएको मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस्तै मञ्चको सचिवालय सदस्यमा योगेश योङया, अमिर लिम्बू, जसकर्ण लिङदेन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्वाङ, राजेन्द्र शिगू, पूर्णिमा राई, रवीन्द्र नेम्वाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङसरुम्बा, अर्जुन चेम्जोङ, वीरेन लिम्बू यवा र नरेश लक्सम निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिका सदस्यमा रुवीन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई इसिता, महेन्द्र हाङसरुम्बा, भक्त नेम्वाङ, दीपाहाङ्मा राई, मचिन्द्र थङ्गम्बा, दिलसोर नेम्वाङ, सम्योकहाङ शिगू, गणेश नेम्वाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोष नेम्वाङ, लोकमान शेर्मा, विकेन्द्र नेम्वाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्वाङ, भीम माङमू, कुमार केरुङ, सन्तोष हाङसरुम्बा, भीमप्रसाद नेम्वाङ, सङ्गम यवा र समीक्षा तुम्बापो चयन हुनुभएको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा शुक्रबार शुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । अधिवेशन उद्घाटनअघि मञ्चले निकालेको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
सो अवसरमा नवनिर्वाचन अध्यक्ष आङदेम्बेले आगामी दिनमा जिल्लाका समसामयिक र सङ्गठनका विषयमा जिल्लाका पत्रकार तथा अन्य सरोकारवालासँग नियमित अन्तक्र्रिया तथा संवाद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त मञ्चले पहिचानमा आधारित सङ्घीय व्यवस्थाको माग गर्दै आएको छ ।



प्रतिक्रिया