आफ्नै बुबाले गरे तीन महिने छोराको ह’त्या

आफ्नै बुबाले गरे तीन महिने छोराको ह’त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुबाको कु’टाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले ह’त्या गरेका हुन् ।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘‘सुतिरहेका छोराको टाउकोमा हानेछन्’’, उहाँले भन्नुभयो ।

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कु’टपिट गरेका छन् । लक्ष्मणमाथि आ’क्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आ’क्रमण गरेका हुन् । बुबाको टाउकामा चो’ट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चो’ट लागेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस