सरकार र विप्लव समूहबीच वार्ता सुरु

सरकार र विप्लव समूहबीच वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीच बालुवाटारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ ।

औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै दुवै पक्ष वार्तामा बसेका हुन् । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझ नै काठमाडौं आएको थियो । वार्तामा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी छन् ।

उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन र समातिएका आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहाइ गर्नुपर्ने माग अघि सारेको छ । दुवै पक्षबीच तीनबुँदे सहमति लिखित रूपमा भएसँगै विप्लव समूह वार्ताका लागि तयार भएको स्रोतको भनाइ छ ।