गहभरी आशु पार्दै यी विवस बाबुले देखाए आफ्नै छोरीको भारतमा खिचिएको यस्तो गम्भीर भिडियो (भिडियो हेर्नुहोस)

गहभरी आशु पार्दै यी विवस बाबुले देखाए आफ्नै छोरीको भारतमा खिचिएको यस्तो गम्भीर भिडियो (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना, काका अर्जुन प्रसाद तिमल्सेना र अर्का काका कृष्ण तिमल्सेनाले छोरी कहाँ छिन् ? भन्ने सत्य, तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पुनेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग नियमित सम्पर्कमा थिईन् । तर, भरतले तुलसीलाई पटक–पटक यातना दिएको पनि उनीहरुको दाबी छ ।

फागुन ८ गते भरतले तुल्सीलाई पिटेको र उक्त भिडिओ भरतले नै तुलसीका काकालाई पठाएको पनि परिवारको भनाई छ । र, त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्कविहीन भएको जनाईएको छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भागी भन्ने जवाफमात्रै दिएको पनि तुलसीका परिवारका सदस्यहरुले जनाएका छन् ।

जवाफमा भरतले भारतमा खोज्छु भन्ने जवाफ दिएको तर, आफूहरुलाई उसको जवाफ पनि चित्त नबुझेपछि प्रहरीमा उजुरी दिएको काका अर्जुनप्रसाद तिमल्सेनाले जानकारी दिए । उनले भने,‘हामलिे नयाँ बानेश्वरमा उजुरी दियौं । किटानी जाहेरी दिएको हो । तर, प्रहरीले निवेदन लिन मानेनन् । फागुन १४ गते हामी अछाममा गयौं, त्यहाँ पनि किटानी जाहेरी लिएनन् । ठाडो निवेदन दिन भनियो ।’

कार्यक्रममा तुल्सीको काका कृष्ण तिमिल्सेना, बुवा शिवराज तिमल्सेना र अर्का काकाले अर्जुन प्रसाद तिमल्सेनाले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले तुलसी बेपत्ता भएको आज यत्तिका दिन बित्दापनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य, तथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरेका छन् ।

हेरौं पत्रकार सम्मेलनमा उनीहरुले बोलेको पूरा भिडिओ :