काठमाडौँ, २१ फागुन । तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच आज प्रधानमन्त्री निवास बाल्ुवाटारमा भेटवार्ता भएको छ ।
राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुग्नुभएको थियो । भेटका अवसरमा सरकार नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी हुनुहुन्थ्यो । रासस
प्रतिक्रिया