सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर

सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ ।

आयोगले उनीहरुविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । रासस