निर्मलाका ह.त्यारालाई कानूनी दायरामा ल्याइने

निर्मलाका ह.त्यारालाई कानूनी दायरामा ल्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका ह.त्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताउनुभएको छ ।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बालिका पन्तको ब.ला.त्कारपछि ह.त्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीयस्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ । ब.ला.त्कार, ह.त्या र अन्य हिं.सा घटना १६ वर्षदेखि २५ वर्षका बालबालिका नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पार्नुभएको छ ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तक्र्रियामा सुवेदीले बलात्कार, ह.त्या, लैङ्गिक हिं.सा र आ.त्मह.त्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गर्नुभएको छ ।

ब.ला.त्कार, ह.त्यालगायत अ.पराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको महानिरीक्षक सुवेदीले बताउनुभयो । उहाँले ८० प्रतिशतभन्दा बढी आफन्तले आफन्तलाई हत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको उहाँ बताउँदै महिला हिं.साका घटना ब.ला.त्कार ६४ प्रतिशत भन्दा बढी १८ वर्ष मुनिका बालबालिका पीडित भएको जनाउनुभयो ।