विपन्नलाई सामूहिकरुपमा नागरिकता

विपन्नलाई सामूहिकरुपमा नागरिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ६० जनाले आज सामूहिकरुपमा नागरिकताको प्रमाणपत्र पाएका छन् ।

गाउँपालिका, टोल विकास संस्था र जनप्रतिनिधिको आर्थिक सहयोगमा सदरमुकाम जाने–आउने यातायात र खानाको व्यवस्था भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर नागरिकता प्रमाणपत्र लिएका हुन् । नागरिकता प्रमाण पत्र लिनेमा राक्सिराङ गाउँपालिका–७ डाम्राङ, गार्लिङ, धिराङ गाउँका छन् । जीवनमै पहिलोपटक ७२ वर्षको उमेरमा सदरमुकाम हेटौँडा पुगेर नागरिकता प्रमाणपत्र पाउँदा ठूलीमाया प्रजा निकै खुशी देखिनुहुन्थ्यो । आज नागरिकता पाउनेमा १६ वर्ष उमेर पुगेकादेखि ७२ वर्षसम्मका रहेका छन् । उनीहरुलाई नागरिकता प्रमाणपत्रका लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा र टोल विकास सुधार समितिका अध्यक्ष रामबहादुर प्रजालगायत टोली सदरमुकाम पुगेको थियो ।

आज नागरिकता प्राप्त गर्नेहरुमध्ये ५५ जना चेपाङ समुदायका मात्रै रहेका छन् भने बाँकी तामाङ र सुनार रहेका छन् । नागरिकता बनाउनेमध्ये पाँच जना पहिलोपटक राक्सिराङ गाउँपालिकाबाट सदरमुकाम पुगेका हुन् । विकट ठाउँ, आर्थिक अवस्था कमजोर र हातमुख जोर्न सधैँ खेतीपातीमै लागि रहनुपर्ने भएपछि यसअघि हेटौँडा पुग्न नसकेको ६४ वर्षीय भोजुराम प्रजाले दुखेसो व्यक्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि जिल्लाका विकट स्थानमा टोली बनाएर नागरिकता वितरण गरेको थियो । रासस