भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२४ फागुन । भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो । त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भइरहेको छ । त्यसैबीच दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु भएको छ । गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २२ करोड १९ लाख ६८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा पाँच लाख ३७ हजार ७६४ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ । रासस