ढिस्कोले पुरिएर मृत्यु

ढिस्कोले पुरिएर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।