प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि रु तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि रु तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न रु तीन अर्ब बजेट विनियोजन गरेको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको पाँचाँै स्थापना दिवसका अवसरमा आज मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताउनुभयो । उत्पादनको काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गर्नुभयो ।

यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा गोदावरी काठमाडौं उपत्यकाका अन्य नगरपालिकाभन्दा ठूलो रहेकाले यसलाई सरकारले विनियोजन गर्ने बजेटमा केही संशोधन गरी थपेर दिन जरुरी रहेको सुझाव दिनुभयो ।

सो कार्यक्रममा गोदावरीभित्र सबभन्दा बढी कर तिर्ने ‘युनाइटेड सिमेट प्राली’ का प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमापन गर्न सफल नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोललगायतलाईसम्मान गरिएको थियो ।