लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताउनुभएको छ । बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताउनुभयो ।

“लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भन्नुभयो, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताउनुभयो ।


बागलुङमा आयोजित नेपाल शिक्षक संघ गण्डकी प्रदेशको दोस्रो र तेस्रो प्रतिनिधि सभालाई शनिबार सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर ः खेमराज गौतम, रासस

कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आउन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गर्नभयो ।

“अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भन्नुभयो, “जनस्तरबाटै उपचार विधि खोजौँ ।” उहाँले राष्ट्रको सङ्कट बचाउन कांग्रेस सक्षम भए पनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको हित हुन्छ भने देउवाको नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताउनुभयो ।

शिक्षकले विद्यार्थीलाई संविधान पढाउन सक्नुपर्ने भन्दै संविधान पढाएपछि कांग्रेसमा आउ भन्नै नपर्ने उहाँको तर्क छ । यसो भन्दैमा विद्यालयलाई राजनीति गर्ने थलो नगराउन नेता पौडेललेको भनाइ छ । रासस