प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।