बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । केदारस्यँु गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।
धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ । मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
युवाको मृत्यु
गलकोट–भीरबाट लडेर बागलुङका एक युवाको आज भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर काठेखोला गाउँपालिका–३ धम्जा निवासी २२ वर्षीय गणेश बोहोराको लडेरबाट लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णपल्ली मगरले जानकारी दिनुभयो ।
बोहोरा ओडारचौरस्थित घरमा आइतबार राति साथीसँगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनिको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया