प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताउनुभएको छ । उहाँले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको योगदानलाई स्मरणसमेत गर्नुभएको छ ।
माक्र्सवादको गहिरो अध्ययन गर्नुभएका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । प्राध्यापन पेशामा लामो समय बिताउनुभएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो । मिर्गाैला र मुटु रोगबाट पीडित उहाँको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।
प्रतिक्रिया