मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर पत्नीसहित ससुराली गाउँमा (फोटो फिचर)

मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर पत्नीसहित ससुराली गाउँमा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर ससुराली गाउँ संखुवासभा पुगेका छन ।

मुख्यमन्त्री राई संखुवासभाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बु गाउँ पत्नी जाङ्मु शेर्पाको जन्मस्थल हेलिकोप्टर नै चार्टड गरेर पुगेका हुन् । उनीहरु गाउँ पुग्दा गाउलेहरुले न्यान्यो स्वागत गरेको मुख्यमन्त्रि राई पत्नीले सामाजिक संजाल मार्फत जानकारी गरेकी छन । जाङ्मु त्यहाँ जन्मिए पनि त्यहाँ नहुर्केकोले आफ्नो जन्मथलो पुग्दा निक्कै सुन्दर लागेको बताएकी छन ।

तस्विरहरु सामाजिक संजाल फेसबुकमा शेयर गर्दै मुख्यमन्त्री राई पत्नी जाङ्गमु शेर्पाले यस्तो स्टाटस लेखेकी छन :

‘मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्याे ! म त जन्मिएकाे मात्रै, मेराे गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानाे स्वागत र सत्कार गर्नुभयाे, धेरै खुसी लाग्याे !!! मेराे गाउं र ठाउँकाे लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतकाे पहुँचले जनतालाई जाेडन बाँकी रहेछ, अवश्य नै म र मेराे श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईकाे ध्यानाकर्षण भएकाे छ !!!! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु !!!!!”

तस्विरहरु हेर्नुहोस :

तस्विर स्रोत  : जाङ्मु शेर्पा