होटलमा आगलागी, पाँच लाख बढीको क्षति

होटलमा आगलागी, पाँच लाख बढीको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाख बढीको क्षति भएको छ । स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालेको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भटरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनुभयो ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । आगलागी भएको खबर पाइएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ ।