सर्केगाडमा पशुगणना

सर्केगाडमा पशुगणना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो ।

गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ ।