सुत्केरीलाई सहयोगको प्रतिबद्धता

सुत्केरीलाई सहयोगको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुत्केरीको समस्याबारे राससमार्फत सार्वजनिक समाचार पढेर विभिन्न क्षेत्रबाट उहाँलाई सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी २१ दिनकी सुत्केरी विनिता भुजेललाई श्रीमान्ले छाडेर गएपछि उहाँलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिका बस्ने सरिता गुरुङले रु १० हजार र काठमाडौँ निवासी प्रितम काफ्लेले रु १० हजार सहयोगको घोषणा गरिसक्नुभएको छ ।

यस्तै सन्दिप बस्नेतले सुत्केरीका लागि चाहिने आवश्यक खाद्य सामग्री सहयोग दिँदै हुनुहुन्छ । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । आज केही सहयोग सामग्री उहाँलाई उपलब्ध गराउने बस्नेतले जानकारी दिनुभयो । चौध वर्षअघि उहाँहरुबीच प्रेम विवाह भएको थियो । अहिले २१ दिनकी सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उहाँले गत फागुन २० गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको बताउनुभयो ।

अहिले तत्काल ज्याला मजदूरी गर्नसक्ने अवस्थामा नरहेकाले सुत्केरीको समयसम्म केही महिनाका लागि सहयोग पाए त्यसपछि आफैँ ज्याला मजदूरी गरेर दैनिकी चलाउन सक्ने उहाँले बताउनुभयो । रासस