हिउँ चितुवाले सखाप पा¥यो च्याङ्ग्रा

हिउँ चितुवाले सखाप पा¥यो च्याङ्ग्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन् । उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ ।

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ ।