लिफ्ट सिँचाइ आयोजनाको उद्घाटन

लिफ्ट सिँचाइ आयोजनाको उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्टमार्फत सिँचाइ गर्न र गाउँमा पानी पिउनका लागि निर्माण भएको लिफ्ट सिँचाइ आयोजनाको आज उद्घाटन गरिएको छ । मकवानपुरगढी–४ का वडाध्यक्ष भागवत धिमिरेले उक्त आयोजनाको एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र चितवनको साना किसान सिँचाइ कार्यक्रमको ५० प्रतिशत र स्थानीयवासीको ५० प्रतिशतको लागतमा सो आयोजनाको निर्माण भएको बताइएको छ । रु तीन लाखको लागतमा निर्माण भएको सो आयोजनाबाट २० घरपरिवार लाभान्वित हुने आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो । पानीको मुहान सफा र स्वच्छ रहेकाले पिउन पनि प्रयोग हुने उहाँले बताउनुभयो ।

यसैबीच हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको कृष्ण आधारभूत विद्यालय र माउण्टेन हर्ट नामक संस्थाद्वारा आज आयोजित स्वास्थ्य शिविर कार्यक्रममा २५० को स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नाक, कान, घाँटी, मधुमेह, रक्तचाप, बाथ मुटु, छाला, पेटको जाँच तथा परीक्षण भएको थियो ।