मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे अघि

मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे अघि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरा छाङमा कालिकामोइ आमा समूह भवनको शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन तथा म्याग्देका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । रु११ लाखको लागतमा बन्ने समूहको भवन आगामी असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तहले माग गरेअनुसार तालीम दिने गरे पनि सिकेको सीप व्यवहारमा लागु गरेको नपाइएको जनाउँदै मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे एक कदम अघि भएकामा खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पृथ्वी राजमार्ग क्षेत्रमा रहेर पनि विकासका काममा पछि परेका अवस्थामा आफूले स्थानीय तह सम्हालेसँगै विकासका कार्य धेरै अघि बढेको जिकिर गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भूकम्पले भत्काएको खानेपानीका मुहान, बाटोघाटो, पुललगायत भौतिक क्षति भएकामा पुनःनिर्माण गर्न गाउँपालिकाको मात्र रकमले नपुग्ने हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।