जानी राखौ सुनबारे रोचक तथ्यहरु : सुन भेट्टाउनु वा हराउनु पनि अशुभ !

जानी राखौ सुनबारे रोचक तथ्यहरु : सुन भेट्टाउनु वा हराउनु पनि अशुभ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । खुट्टामा सुन नलगाउनुहोस्ः खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ ।

घरको यो दिशामा राख्नुहोस् सुनः केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् ।

यसरी राख्नुहोस् सुनः सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ ।

गर्भवतीले नलगाउनुस् सुनः गर्भवती र वृद्धाले सुन धारण गर्नबाट बच्नुहोस् । थोरै लगाउन सक्नुहुन्छ तर धेरै लगाउनुहुन्छ भने समस्या सुरु हुनसक्छ ।

यदि सन्तान चाहिएः सन्तान भइरहेको छैन भने देब्रे हातको साँहिली औंला (रिंग फिंगर) मा सुन लगाउनुहोस् । सुनले बिस्तारै आफ्नो असर देखाउँछ र सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ ।

सुन दानः ज्योतिष अनुसार यो धातुको कारक वृहस्पती भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण, पुजारी वा गुरुलाई गर्नुहोस् । कुनै पनि अपरिचित वा अप्रिय व्यक्तिबाट सुन नलिनुहोस् । सुन भेट्टाउनु र हराउनुः सुन भेट्टाउनु वा हराउनु पनि अशुभ मानिन्छ । सुनको वस्तु हराउँदा झगडा वा रोग लाग्ने गर्दछ । भेट्टाएको सुन घरमा राख्दा खर्च बढ्नेछ । दाम्पत्य जीवन खुसी बनाउनका लागिः दाम्पत्य जीवनलाई खुसी बनाउनका लागि घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । जो फलामको काम गर्छन्ः

जसले फलाम, कोइला वा शनि सम्बन्धि धातुको व्यापार गर्दछन्, उनीहरुले सुन लगाउनु हुँदैन । यसले व्यापार नोक्सान हुन्छ । सुन लगाउन आवश्यक छ भने आफ्नो कुण्डली अनुसार ज्योतिषीसँग सल्लाह लिएर लगाउनुहोस् ।

सुन र स्वास्थ्यः सुनले ऊर्जा र गर्मी दुबै पैदा गर्दछ । यदि रुघा–खोकी वा साससम्बधि रोग छ भने कान्छी औंलामा सुन धारण गर्नुहोस् । सुनको पानी पिउँदा इम्युनिटी पावर बढ्छ ।

कम्मरमा सुन नलगाउनुहोस्ः कम्मरमा सुन लगाउनु हुँदैन किनभने यसले तपाईंको पाचन तन्त्र खराब हुनसक्छ । साथै पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

स्वास्थ्यका दृष्टिकोणले यस्ता व्यक्तिले सुन नलगाउनुहोस्ः जसलाई पेट वा मोटोपनाको समस्या छ उनीहरुले सुन लगाउनु हुँदैन । जसलाई अत्यधिक रिस उठ्छ, त्यस्ता मानिसहरुले पनि सुन लगाउनु हुँदैन ।

कहिले पनि हुँदैन अपवित्रः सुन कहिले पनि अपवित्र हुँदैन । श्मसान, सूतक वा कुनै प्रकारले अपवित्र भएका व्यक्ति सुन लगाउँदा वा सुन पानी आफूमाथि छर्कंदा पवित्र हुने गर्दछ ।

०००

यो पनि

होटलको बेडमा किन बिछ्याइन्छ सेतो तन्ना ? यस्तो रहेछ मुख्य कारण जानी राखौ

सेतो तन्नामा केही झर्यो भने दाग बस्छ। यसकारण ग्राहकले खाने पिउने बेलामा पनि निकै ध्यान राख्छन्।

सेतो कपडामा ब्लीच सजिलै हुन्छ। ब्लीजले सेतो तन्नामा चमक आउँछ। सेतो रंगले मनलाई शान्त बनाउँछ। सेतो तन्नामा सुत्दा राम्रोसँग निदाउन सकिन्छ। सेतो तन्ना होटलमा यस कारण ओछ्याइन्छ की ग्राहकले रिल्याक्स गर्न सकून्।वैज्ञानिकहरुका अनुसार अन्य रंगको तुलनामा सेतो रंगको तन्नामा सुत्दा राम्रोसँग निन्द्रा लाग्छ। र बारम्बार ब्युँझिँदैनन्।

१९९० सम्म होटलमा रंगीन बेडशीट प्रयोग गरिन्थ्यो। त्यो बेला रंगीन बेडशीटको प्रयोग दागलाई लुकाउन र ग्राहकलाई खुशी बनाउनकालागि गरिन्थ्यो। तर पछि वेस्टिन होटलका डिजाइनरले ग्राहककालागि आलिशान ओछ्यान कस्तो हुनुपर्छ भन्ने विषयमा शोध गरे। त्यसपछि सेतो तन्ना सबैभन्दा राम्रो विकल्पका रुपमा अघि सारियो।